३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख जनालाई कोरोना खोप लगाइदिने

७ असार २०७८, सोमबार ०९:३१

असार ७, काठमाडौँ । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदिने भएको छ  । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने पनि कतारले बताएको छ ।

कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् । ‘हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ अल थानीले भने ।

‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरुलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिंदैन,’ उनले थपे ।

कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड