२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने

२०७८, ८ असार मंगलवार ०९:५१

असार ८, सियोल (रासस/एएनआई) । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ । 

खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ । 

एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ ।

यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने