३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने

८ असार २०७८, मंगलवार ०९:५१

असार ८, सियोल (रासस/एएनआई) । दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्नेगरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ । 

खोपहरूको बढ्दो मागलाई ध्यानमा राख्दै खोपहरूको लागि उच्च प्रविधिको सुविधा विस्तार गर्न र कारखानाहरूका लागि थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा लगभग एक खर्ब ५० करोड वन लगानी गर्नेछ साथै एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ । 

एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन सुविधाहरू र एमआरएनए र पछिल्लो पुस्ताको भाइरल भेक्टरहरूका लागि नयाँ सुविधाहरू स्थापना गर्नेछ ।

यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९,१३० वर्ग मिटर जमिन खरिद गरि कारखाना स्थललाई १६१,००० वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड