२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा निजी क्षेत्रमा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

२०७८, २२ असार मंगलवार १७:१६

असार २२, वासिङ्टन (रासस–सिन्ह्वा) | संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट छ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी स्वचालित तथ्याँक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताउनुभयो ।

उहाँले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिनुभयो ।

रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ भन्नुभयो । होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको छ, उहाँले भन्नुभयो ।

जुन महिनामा छ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ । 

ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा दुई लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले दुई लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने