३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कोभिडको चौथो वेभको घोषणा, सङ्क्रमितहरु बढ्दै

३१ असार २०७८, बिहीबार ०९:१२

असार ३१, सोल (रासस/सिन्ह्वा)।  दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए । 

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् । 

हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् । 

योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ ।    पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि सङ्क्रमितको संख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

यही तथ्यांककै आधारमा यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।   बुधबार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका सङ्क्रमतिहरुमा करिब आधाजति त राजधानी सोलकै रहेका पाइएको छ ।  कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ ।

यहाँ अहिलेसम्म २ हजार ५० जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका  अनुसार यहाँको मृत्यु दर १.१८ प्रतिशत रहेको पाइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’