३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा बढ्दैछ कोभिड सङ्क्रमण, २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित

४ श्रावण २०७८, सोमबार ०९:३६

साउन ४, लन्डन (रासस/सिन्ह्वा)। बेलायतमा कोरोना महामारीका थप सङ्क्रमितहरु देखिएका बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिनजसो सङ्क्रमितहरु बढेका हुन् । दुई महिना अघिदेखि निकै शक्तिशाली रुपमा देखा परेको ‘इन्डियन कोभिड भेरियन्ट’ को सङ्क्रमण बेलायतमा हाल तीव्र रुपमा बढ्न थालेको बताइएको हो ।

यहाँ गएको २४ घन्टाभित्र ४८ हजारभन्दा बढी सङ्क्रमित देखिएका प्राप्त समाचारमा जनाइएको छ । यो समेतगरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुने व्यक्तिको संख्या ५४ लाख ३३ हजार पुगेको पनि समाचारमा जनाइएको छ । साथै गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ । यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ ।

बेलायतमा पछिल्लो समयमा यसको संक्रमण बढेको तथ्याँकले देखाएको छ । बेलायतमा पछिल्लो समयमा ‘इन्डियन कोभिड भेरियन्ट’ को संक्रमण फैलिएको बताइएको छ । यो भेरियन्ट पहिलाको तुलनामा बढी सङ्क्रामक रहेकोले विज्ञहरुले बताएका छन् ।

बेलायतमा ८८ प्रतिशत वयस्कले कोरोना भाइरसका विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने अरु ६८ प्रतिशतले दोस्रो मात्रा नै लिएका बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्रीले यो खोपको वितरणको कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । बेलायतमा खोप लगाउने कामलाई निकै प्राथमिकतामा राखिएको भए पनि यहाँ सङ्क्रमितहरु थपिने क्रम भने रोकिएको छैन । पछिल्ला हप्ताहरुमा मृत्यु दर भने कम भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’