२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा चार करोड ३३ लाखले लगाए खोप, कति छ संक्रमण दर ?

२०७८, १० श्रावण आईतवार १०:३४

साउन १०, नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमितको थप सङ्ख्या ३९ हजार ७४२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ५३५ व्यक्तिको मृत्युभएको पुष्टि गरिएको छ । 

भारतमा आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख आठ हजार २१२ रहेको छ भने अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको हुनेको सङ्ख्या तीन करोड पाँच लाख ४३ हजार १३८ पुगेको छ । अहिलेसम्म कोभिड–१९ सङ्क्रमित चार लाख २० हजार ५५१ व्यक्तिको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले कोभिड सङ्क्रमणपछि निको हुनेको दर ९७.३६ रहेको छ भने शनिबार ३९ हजार ९७२ कोभिड–१९ सङ्क्रमित व्यक्ति निको भएको तथ्याङ्क सरकारको छ ।खोप अभियान र नियन्त्रणका लागि लकडाउन तथा अन्य उपाय अवलम्बन गरेका कारण लगातार ३४ दिनसम्म सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम रहेको छ भने अघिल्लो दिन यो दर २.३१ प्रतिशत कायम भएको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा जारी राष्ट्रिय खोप अभियान अन्तर्गत अहिलेसम्म ४३ करोड ३१ लाख मात्रा खोप लगाइएको छ भने ४५ करोड ६२ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने