२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थपिए ४३ हजार ६५४ कोरोना सङ्क्रमित

२०७८, १३ श्रावण बुधबार १०:१३

साउन १३, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ  ।  सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । 

हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ 

गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । सङ्क्रमण मुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो ।   स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने