२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा थप ३० हजार ५४९ कोरोना सङ्क्रमित

२०७८, १९ श्रावण मंगलवार ०९:३३

साउन १९, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२८ प्रतिशत हो । 

गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण कूल मृतकको सङ्ख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।  

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड आठ लाख ९६ हजार ३५४ रहेको छ । 

सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।हालसम्म यहाँ ४७ करोड १२ लाख ९४ हजार ७८९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण भएको थियो । 

भारतमा गत जनवरी १६बाट कोरोना भाइरसविरुद्ध खोप अभियान श्ुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने