३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानद्वारा अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार कब्जा

२९ श्रावण २०७८, शुक्रबार ०८:००

साउन २९, काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ ।शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यस सहर नियन्त्रणमा लिएर आफूहरुले ठूलो सफलता हासिल गरेको पनि उनीहरुको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरुले दाबी गरेका छन् । त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरुले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।

पछिल्ला दिनहरुमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो । उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’