३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तान: कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

३१ श्रावण २०७८, आईतवार १३:४१

साउन ३१, कराँची (रासस/एएनआई)। पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । 

आक्रमण बेलुकी ९:३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

“यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भन्नुभया, “यो आतंकवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”

आतंकवाद विरोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताउनुभयो । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उहाँले बताउनुभयो । 

आक्रमणकारीहरु मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ । अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरिर ल्याइएको पुष्टि गर्नुभयो । उहाँका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए । 

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’