२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको ठूलो सहयोगको बावजुत हतियार कब्जा गर्नु तालिबान आक्रमणको सफलताको कडी

२०७८, ३२ श्रावण सोमबार ०१:३३

साउन ३२, एजेन्सी | संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरवौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरुको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरुलाई थप आक्रामक बन्न सहयोग पुगेको छ । 

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो, 'हामीले हाम्रा अफगान साझेदारहरुलाई ‘सबै औजारहरु’ प्रदान गर्यौँ । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरुलाई प्रमुख सहरहरुबाट तुरुन्तै उठाउन थालेका छन्।'

तालिबान समूहले उनीहरुका सामाजिक सञ्जाल तालिबान लडाकुहरुले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिहरुले प्रदान गरेको हो ।

उत्तरी सहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरु रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ । 

पश्चिमी सहर फराहमा, लडाकुहरुले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने विद्रोहीहरुले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरु कब्जा गरेका छन् । 

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले भन्नुभयो, 'अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरु आफूसँगै लगे पनि तालिबानको आक्रमणले त्यस समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारुद’ दिएको छ ।  


:: एक अमेरिकी सैन्य हेलिकप्टर आइतबार काबुलमा रहेको अमेरिकी दूतावासको माथि उडिरहेको तस्वीर । तश्वीर: AFP

विशेषज्ञहरुको भनाइअनुसार तालिबानका क्षेत्रीय सहयोगी समूहहरुको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ । 

‘एस राजारतनाम स्कुल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरुले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिबान लडाकुद्वारा कब्जा गरिएका सरहरुमा उसको अवस्थालाई सुदृढ पार्नेछ । 

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरिकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरुलाई जम्मा गर्न सफल भएका छन् । 'यो एकदमै गम्भीर कुरा हो । उहाँले भन्नुभयो, 'यो तालिबान लडाकु समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तीय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतङ्ककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरु पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेलेका दृश्य सामाजिक सञ्जालमा देखिन्छ । सहरहरुबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरिनले एएफपीलाई बताउनुभयो । 

अफगान राष्ट्रिय सेनालाई सङ्केत गर्दै उहाँले भन्नुभयो, 'अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । अहिलेको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।'  

तालिबानले आफ्नो सफलतालाई अफवाहको रुपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकु शिरदेखि पैतालासम्म विद्रोही पोसाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिप्टर उनीहरुको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।

विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंङ्वाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भन्नुभयो, 'तिनीहरु अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।' 

योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरु हुनेछन् । 

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरुले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन् । सङ्कट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ । 

मध्यपूर्वका अवलोकनकर्ताहरुले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी सेना इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी सहर मोसुललाई कब्जामा लिएको थियो । यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दुक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरुले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए ।

पेरिट्जले यो अहिले एउटा बाटोको रुपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिबानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौति भइरहने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि