२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तान समाचार : तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

२०७८, १३ भाद्र आईतवार ०८:०१

भदौ १३,  काबुल (रासस:एएनआई) । अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाई गरिएको तालिवान समूहले बताएको छ । 

तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो । 

तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् । 

यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ । शनिबारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअ‍े अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् ।

यसैबीच, शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउमा अवरोध खडा गरेका छन् । ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाई गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए । 

विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्तान्तमा अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आइएस) लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने