३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी

१७ भाद्र २०७८, बिहीबार ०८:१६

भदौ १७,  काबुल (रासस/सिन्ह्वा)। अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।

यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए अफगानिस्तानका स्थानीय मिडियाले तालिबान समूहका नेताले आगामी केही दिनमा नै सरकार बनाउने कुरा बताएको जनाएका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र ती छलफल बुधबार सकिएको अफगानिस्तानका मिडियाले जनाएका छन् । ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए ।

उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए । पूर्वराष्ट्रपति कारजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको थियो । केही दिन अघि नै सरकार बनाउनका लागि भन्दै तालिबानका एक नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए । यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको थियो । अफगानिस्तानमा संयुक्त र सर्बपक्षीय सरकार बनाउने विषयमा छलफल भएको तालिबान नेताहरुले नै बताउँदै आएका छन् ।

उता अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायतका विश्वका विभिन्न देशले आग्रह गरेका छन् । यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र अहिले यो देश नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेशमन्त्रीले बुधबार मात्र बताउनुभएको थियो ।

कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्नका लागि विश्व समुदाय एक हुनुपर्नेमा जोड दिइएको छ । तालिबानी समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत हप्ता मात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी खालको सरकार निर्माण हुने बताएका थिए । अफगानिस्तानका मिडियाले सो कुरा बताएका छन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन