३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा विकसित घटनाक्रम: नेपालमा पनि सुरक्षा चुनौती !

२५ भाद्र २०७८, शुक्रबार १२:२७

भदौ २५, काठमाडौँ | अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा तालिवान शासनको पुनः उदय भएपछि दक्षिण एशियामा सुरक्षा चुनौती थपिएको यथार्थ प्रस्तुत गर्दै उनीहरूले भारतसँगको खुला सिमानाका कारण नेपाल अझ जोखिममा रहेकाले थप सुरक्षा सतर्कता अपनाउन अपरिहार्य भएको उनीहरूले बताए । कूटनीतिक चातुर्य र बौद्धिक परिपक्वताका साथ नेपाल अघि बढ्नुपर्ने उनीहरूको अभिमत थियो । 

‘अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्तीः त्यसको नेपालमा प्रभाव र  क्षेत्रीय शान्ति’ विषयमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार, उनीहरूको सुरक्षा अहिलेको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । 

अफगानिस्तानको अहिलेको स्थितिले नेपालमा समस्या नहोस् भन्नेतर्फ बेलैमा सचेत भएर तदनुरुप रणनीति तर्जुमा गरी अघि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले त्यसनिम्ति गृह, परराष्ट्र र सुरक्षा परिषद्बीच समन्वय हुनुपर्ने र खुला सिमानाको निरन्तर अनुगमन आवश्यक छ भन्नुभयो । 

पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अफगान मुद्दालाई लिएर दक्षिण एशियाली देशहरूले अनौपचारिक छलफलका माध्यमबाट समान अवधारणा बनाउन जरुरी भएको विचार व्यक्त गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत त्यसलाई अझ सशक्त र सङ्गठित गर्न सकिने बताउनुभयो । 

पूर्वराजदूत शम्भुराम सिम्खडाले सार्कको सदस्य राष्ट्र अफगानिस्तानको शान्ति, स्थायित्व र समृद्धिका लागि सार्कका अन्य सदस्य देशले सघाउनुपर्नेमा जोड दिँदै त्यहाँको प्रभाव नेपालमा पर्न नदिनेतर्फ सम्बद्ध सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयो । “नेपालले बाह्य उपस्थिति र मध्यस्थता बिना नै दशवर्षे द्वन्द्व आफैँ समाधान गरेको अनुभव अफगानिस्तानका लागि उपयोगी हुनसक्छ,” उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन