२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

२०७८, २८ भाद्र सोमबार ०९:४८

भदौ २८, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो ।  त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका सङ्क्रमित मध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए । 

भारतमा सोमबार बिहानसम्ममा कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ सङ्क्रमित थपिएका हुन । भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् । 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा ३७ हजारभन्दा बढी सङ्क्रमितहरु घटेका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी फरक परेको छ ।   

भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा पनि कमी आएको छ  । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ