२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तालिबानको विरोधमा अफगानिस्तानको कान्दहारमा हजारौँ स्थानीय विरोध प्रदर्शनमा

२०७८, ३० भाद्र बुधबार १७:३३

भदौ ३०, कान्दहार, अफगानिस्तान (रासस/एएनआई) | अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको र यसको विरोधमा प्रदर्शन भएको द खामा न्युज प्रेस एजेन्सीले बताएको छ । 

“हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं । तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,” एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ । अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै सरकारी सेनाविरुद्ध आक्रामक र तीव्र गतिमा अघि बढेपछि तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।

काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति आसरफ गनीको निर्वाचित सरकार ढलेपछि गत महिना देश सङ्कटमा पर्यो । तालिबानको कब्जापछि अफगानिस्तानमा बर्बरताका हालैका दृश्यहरूले युद्धग्रस्त देशमा मानव अधिकारको भयावह अवस्था रहेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने