२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

२०७८, ३ आश्विन आईतवार ०२:४३

असोज ३, काठमाडौँ (एजेन्सी) | अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।  

केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने बारेमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एउटा आणविक सम्झौता भएको थियो । अकस नाम दिइएको सो सम्झौतापछि फ्रान्स तीन ओटै देशसँग क्रुद्ध छ । 

यसअघि अस्ट्रेलियाले पनडुब्बी निर्माणका लागि फ्रान्ससँग अर्बौं डलरको सम्झौता गरेको थियो । तर, पूर्ववत सम्झौतालाई बेवास्ता गरेर उसले अमेरिका र वेलायतसँग नयाँ सम्झौता गरेपछि फ्रान्स अन्य देशसँग रिसाएको हो । 

अमेरिका र वेलायतसँग सम्झौता गर्नुभन्दा केही घन्टाअघि मात्र अस्ट्रेलियाले पेरिससँगको सम्झौताबाट हात झिकेको घोषणा गरेको थियो । 

दक्षिण चीन सागरमा बेइजिङको प्रभाव रोक्न तीन देशबीच सो सम्झौता भएको थियो । 

विदेशमन्त्री ड्रायनले तीन देशको पछिल्लो कदमले गम्भिर संकट निम्त्याएको बताए । यसअघि विवाद बढेपछि  फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट  आफ्ना दूत फिर्ता बोलाएको थियो । अवस्था पुर्नमुल्यांकन गर्न आफ्ना दूतहरु फिर्ता गरेको उनले बताए । वेलायत ‘निरन्तर अवसरवादी ’ भएकोले त्यहाँबाट आफ्ना दूत फर्काइरहन आवश्यक नरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने