३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अकस परमाणु सम्झौताः फ्रान्सेली विदेशमन्त्री भन्छन्, अस्ट्रेलियाले धोका दियो

३ आश्विन २०७८, आईतवार ०२:४३

असोज ३, काठमाडौँ (एजेन्सी) | अमेरिका, वेलायत र अस्ट्रेलियाबीच भएको परमाणु सम्झौतामा अस्ट्रेलियाले झुट बोलेको फ्रान्सले आरोप लगाएको छ । विदेशमन्त्री जीन यिभ्स ली ड्रायले अस्ट्रेलियाले विश्वासघात गरेर फ्रान्सलाई धोका दिएको बताए ।  

केही दिनअघि अस्ट्रेलियालाई उर्जाबाट चल्ने पनडुब्बी निर्माणमा प्राविधिक सहयोग गर्ने बारेमा अमेरिका, वेलायत र अस्ट्रेलियाबीच एउटा आणविक सम्झौता भएको थियो । अकस नाम दिइएको सो सम्झौतापछि फ्रान्स तीन ओटै देशसँग क्रुद्ध छ । 

यसअघि अस्ट्रेलियाले पनडुब्बी निर्माणका लागि फ्रान्ससँग अर्बौं डलरको सम्झौता गरेको थियो । तर, पूर्ववत सम्झौतालाई बेवास्ता गरेर उसले अमेरिका र वेलायतसँग नयाँ सम्झौता गरेपछि फ्रान्स अन्य देशसँग रिसाएको हो । 

अमेरिका र वेलायतसँग सम्झौता गर्नुभन्दा केही घन्टाअघि मात्र अस्ट्रेलियाले पेरिससँगको सम्झौताबाट हात झिकेको घोषणा गरेको थियो । 

दक्षिण चीन सागरमा बेइजिङको प्रभाव रोक्न तीन देशबीच सो सम्झौता भएको थियो । 

विदेशमन्त्री ड्रायनले तीन देशको पछिल्लो कदमले गम्भिर संकट निम्त्याएको बताए । यसअघि विवाद बढेपछि  फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट  आफ्ना दूत फिर्ता बोलाएको थियो । अवस्था पुर्नमुल्यांकन गर्न आफ्ना दूतहरु फिर्ता गरेको उनले बताए । वेलायत ‘निरन्तर अवसरवादी ’ भएकोले त्यहाँबाट आफ्ना दूत फर्काइरहन आवश्यक नरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’