२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनको क्यानरी टापुमा ज्वालामुखीबाट करिब २० घरहरू ‘ध्वस्त’

२०७८, ४ आश्विन सोमबार १०:२५

असोज ४, लस लानोस डे अरिदान, स्पेन (रासस/एएफपी)। स्पेनको क्यानरी टापुमा आएको ज्वालामुखीले करिब २० घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीहरूले सोमबार पुष्टि गरेका छन् । स्थानीय समयअनुसार आइतबार आएको ज्वालामुखीका कारण निस्किएको लाभा र खरानी वायुमण्डलमा फैलिँदा कम्तीमा पाँच हजार व्यक्तिलाई उनीहरूको बस्तीबाट सुरक्षितस्थलतर्फ सारिएको छ । 

“धेरै घरहरू ध्वस्त भएका छन्,”, एक क्षेत्रीय सरकारी प्रवक्ताले एएफपीसँग भने । ज्वालामुखीका कारण भएको क्षतिबारे लेखाजोखा भइरहेको बताइएको छ । नजिकैको एल पासो गाउँका स्थानीय मेयर सर्जियो रोडरिगेजले टापूमा आएको कम्ब्रे भिजा ज्वालामुखीले कम्तीमा पनि २० वटा घर पूरै ध्वस्त भएको बताउनुभयो भने उक्त स्थानमा ५० वर्षपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको हो । 

“लाभा उडेको मार्गमा करिब दुई किलोमिटरसम्म यसको प्रभाव परेको देखिएको छ,” रोडरिगेजले ‘टीभीई च्यानल’ लाई जानकारी दिँदै स्थानीय बासिन्दाहरू अझै थप क्षति हुनसक्ने भयबीच वस्तीहरूबाट भागिरहेका छन् भने प्रशासनले उनीहरूलाई केही दिन घर नफर्किन आग्रह गरेको छ । 

स्पेनी सञ्चार माध्यमले उक्त विस्फोटले १०० भन्दा बढी घरलाई असर गरेको हुन सक्ने बताएका छन् । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त विस्फोटपछि संयुक्त राष्ट्रसंघको महासभाका लागि न्युयोर्क जाने निर्धारित यात्रालाई पछि सार्नुभएको छ । उहाँ आइतबार साँझ अबेर घटनास्थलमा पुगी घटनाबारे जानकारी लिनुभएको छ । 

सबै सेवाहरू समन्वयित ढङ्गमा सञ्चालन भएका छन्,“ सान्चेजले ट्विटरमा उल्लेख गर्नुभयो । लगभग ८०,००० मानिसहरू बसोबास गर्ने कम्ब्रे भिजा ला पाल्मा टापुको दक्षिणी भागको एउटा सामुद्रिक तट हो । स्थानीय सरकारको अनुमानअनुसार यस द्वीपको मध्य भागमा रहेको ज्वालामुखीबाट लाभा बग्ने सम्भावना समुद्र तट पुग्नुभन्दा पहिले दक्षिण–पश्चिममा बसोबास गर्ने र जङ्गलभएको क्षेत्रतिर जाने सम्भावना थियो ।

क्यानरी आइस्ल्यान्ड्स इन्स्टिच्युट अफ ज्वालामुखीका अनुसार लाभाको बहाव प्रतिघण्टा लगभग ७०० मिटरमा सरिरहेको र यसको तापक्रम झन्डै एक हजार सेन्टिग्रेड रहेको थियो । भूकम्पीय गतिविधि र म्याग्मा विस्थापनमा हालै भएका वृद्धिपछि विशेषज्ञहरूले ज्वालामुखीलाई नजिकबाट नियालिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने