३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

९ आश्विन २०७८, शनिबार ०७:०६

असोज ९, काठमाडौँ (एजेन्सी)। श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका  १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् ।  

श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ । सिल्भा भन्नुभयो, “चिकित्सकहरूको अवलोकनमा बालबालिकाहरूलाई फाइजर खोप दिन थालिएको छ ।” 

यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५०,००० बालबालिकाहरू छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ । 

श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो । यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ । एशियाली मुलुकमा गत मार्च देखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने  १२ हजार ४४८ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’