२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

२०७८, ९ आश्विन शनिबार ०७:०६

असोज ९, काठमाडौँ (एजेन्सी)। श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका  १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् ।  

श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन केन्द्रका प्रमुख जनरल शाभेन्द्र सिल्भाका अनुसार राजधानी कोलम्बोमा बालबालिकाका लागि ‘लेडी रिजवे अस्पताल’मा उत्तर–मध्य प्रान्तको अनुराधापुरा र उत्तरपश्चिमी श्रीलङ्काको कुरुनेगालामा खोप अभियान सञ्चालन गरिनेछ । सिल्भा भन्नुभयो, “चिकित्सकहरूको अवलोकनमा बालबालिकाहरूलाई फाइजर खोप दिन थालिएको छ ।” 

यो कार्यक्रम चाँडै देशभरिका सबै जिल्लाहरूमा लगिने सैनिक कमान्डरले बताए । आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्कामा जन्मजात रोग लागेका अनुमानित ५०,००० बालबालिकाहरू छन् जसलाई आगामी दिनहरूमा कोभिड–१९ भाइरस विरुद्ध खोप लगाइनेछ । 

श्रीलङ्का राष्ट्रव्यापी बृहत् खोप कार्यक्रम अन्तर्गत छ र २० वर्ष नाघेका नागरिकका लागि खोप लगाइएको छ । यहाँ लगाइएका वा लगाउन अनुमति पाएका प्रमुख खोप सिनोफार्म हो । यहाँ एस्ट्राजेनेका, फाइजर मोडर्ना र स्पुटनिक–भी लगाउन पनि अनुमति दिइएको छ । एशियाली मुलुकमा गत मार्च देखि हालसम्ममा कूल पाँच लाख १० हजार ५० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने  १२ हजार ४४८ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ