2026-06-30 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोमालियामा राष्ट्रपति भवन अगाडि विष्फोट मृत्यु हुनेको संख्या ७ पुग्यो

2021-09-26

असोज १०, काठमाडौँ (एजेन्सी)। सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन्। सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो।

आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्ने त्यहाँका पुलिस अधिकारीहरुले बताएका छन्।

मारिनेहरुमा वरिष्ठ सैनिक अधिकारी र उनीहरुका परिवार भएको जनाइएको छ। सोमालियमा सरकार फालेर इस्लामिक राज्य स्थापना गर्न हिंसात्मक गतिविधि गर्दै आएको अल सबाब नामको आतंककारी संगठनले विष्फोट गराएको विश्वास गरिए पनि त्यसमा अलकायदाको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ। सन् २०११ सम्म राजधानी मोगादिसुमै कब्जा जमाएको अलसबाबलाई अफ्रिकन युनियन सम्वद्ध सेनाले विस्थापित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ