२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनी निर्वाचनः को बन्ला एङ्गेला मेर्कलको उत्तराधिकारी ?

२०७८, १० आश्विन आईतवार ०९:१४

असोज १०, काठमाडौँ । लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मेर्कलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन्। जर्मनीमा लोकप्रिय मानिएकी मेर्कलको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ।

बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने म्याराथन भइरहँदा त्योभन्दा ठूलो प्रतिस्पर्धा देशको कार्यकारी पदका लागि हुँदैछ। चुनावी अभियानको अन्त्यतिर आइपुग्दा मेर्कल कन्जर्भेटिभ उम्मेदवार आर्मिन लासेटको गृहनगर आचेनमा आयोजित चुनावी सभामा सहभागी भइन्।

अन्तिम मतसर्वेक्षणहरूले उनीहरूको असम्भावित विजय हुनसक्ने सङ्केत देखाएका छन्। महिलाले नेतृत्व गरेका मुलुकले कोरोना भाइरस महामारीसँग अरूले भन्दा कसरी राम्ररी जुझेका छन् । युरोपको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको नेतृत्वमा कसलाई पुर्‍याउने निर्णय जर्मनीका छ करोड मतदाताहरूले लिँदैछन्।

आइतवार साँझ मतदान सकिँदासम्म कसले चुनाव जित्दैछ भन्ने स्पष्ट सङ्केत देखिने बताइएको छ। जर्मन राजनीतिको सबैभन्दा उच्च पदबाट बाहिरिनुभन्दा केही साताअघि मर्केल आफैँ चुनावी र्‍यालीहरूमा देखा परिन्। निकै अप्रत्यासित मानिएको चुनावी चहलपहल मर्केल र्‍यालीमा नआउँदासम्म तातेको थिएन।

“को सत्तामा छ भन्ने कुराले साँच्चिकै महत्व राख्छ,” मतदानको ४८ घण्टाअघिसम्म उनी मतदाताहरूलाई चेतावनी दिँदै थिइन्। उनले जर्मनीको स्थिरता र युवाहरूको भविष्य उनका उम्मेदवार आर्मिन लासेटले मात्रै सुनिश्चित गर्न सक्ने सन्देश दिने प्रयास गरेकी थिइन्।

चर्को प्रतिस्पर्धा

यो निर्वाचनको परिणाम निकै अनिश्चित छ। एकतिहाइ मतदाताहरू चुनावी अभियानसम्म पनि कसलाई मत दिने भन्नेमा अनिश्चित थिए। ठूलो सङ्ख्यामा जर्मनहरूले यसअघि नै मतदान गरिसकेका छन्।

मतसर्वेक्षणले महिनौँसम्म कहिले एक पक्षले त कहिले अर्को पक्षले जित्ने देखाइरहेका थिए। प्रारम्भिक सर्वेक्षणहरूमा त्यहाँको कन्जर्भेटिभ सीडीयू र उसको बभेरियन भातृपार्टीले अग्रता लिएका थिए।

ओलाफ सल्ट्स एउटा बिन्दुबाट ग्रीन पार्टी अगाडी आएको थियो। तर त्यसलाई ओलाफ सल्ट्सको सोशल डेमोक्याट्सले उछिन्यो। चान्सलरको प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये ओलाफ सल्ट्स सबभन्दा बलिया देखिएका छन्।

मर्केलको उपप्रमुख भएर काम गरेका सल्ट्सलाई प्रतिद्वन्द्वी कन्जर्भेटिभ उम्मेदवारहरूसामु आफूलाई मर्केलकै उत्तराधिकारीको निरन्तरताका रूपमा देखाउन सजिलो भएको छ। तर उनले चुनाव जितिहाले पनि उनलाई सरकार बनाउन अरू दुईवटा पार्टीको सहयोग आवश्यक देखिन्छ।

“मेरो लागि सबैभन्दा बलियो गठबन्धन मतदाताहरूसँग हुन्छ। किनभने उनीहरूले मलाई जति बलियो गरी जिताउँछन् मलाई सरकार गठन गर्न त्यति नै सहज हुन्छ,” उनले भनेका छन्। -बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार