३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनी निर्वाचनः को बन्ला एङ्गेला मेर्कलको उत्तराधिकारी ?

१० आश्विन २०७८, आईतवार ०९:१४

असोज १०, काठमाडौँ । लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मेर्कलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन्। जर्मनीमा लोकप्रिय मानिएकी मेर्कलको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ।

बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने म्याराथन भइरहँदा त्योभन्दा ठूलो प्रतिस्पर्धा देशको कार्यकारी पदका लागि हुँदैछ। चुनावी अभियानको अन्त्यतिर आइपुग्दा मेर्कल कन्जर्भेटिभ उम्मेदवार आर्मिन लासेटको गृहनगर आचेनमा आयोजित चुनावी सभामा सहभागी भइन्।

अन्तिम मतसर्वेक्षणहरूले उनीहरूको असम्भावित विजय हुनसक्ने सङ्केत देखाएका छन्। महिलाले नेतृत्व गरेका मुलुकले कोरोना भाइरस महामारीसँग अरूले भन्दा कसरी राम्ररी जुझेका छन् । युरोपको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको नेतृत्वमा कसलाई पुर्‍याउने निर्णय जर्मनीका छ करोड मतदाताहरूले लिँदैछन्।

आइतवार साँझ मतदान सकिँदासम्म कसले चुनाव जित्दैछ भन्ने स्पष्ट सङ्केत देखिने बताइएको छ। जर्मन राजनीतिको सबैभन्दा उच्च पदबाट बाहिरिनुभन्दा केही साताअघि मर्केल आफैँ चुनावी र्‍यालीहरूमा देखा परिन्। निकै अप्रत्यासित मानिएको चुनावी चहलपहल मर्केल र्‍यालीमा नआउँदासम्म तातेको थिएन।

“को सत्तामा छ भन्ने कुराले साँच्चिकै महत्व राख्छ,” मतदानको ४८ घण्टाअघिसम्म उनी मतदाताहरूलाई चेतावनी दिँदै थिइन्। उनले जर्मनीको स्थिरता र युवाहरूको भविष्य उनका उम्मेदवार आर्मिन लासेटले मात्रै सुनिश्चित गर्न सक्ने सन्देश दिने प्रयास गरेकी थिइन्।

चर्को प्रतिस्पर्धा

यो निर्वाचनको परिणाम निकै अनिश्चित छ। एकतिहाइ मतदाताहरू चुनावी अभियानसम्म पनि कसलाई मत दिने भन्नेमा अनिश्चित थिए। ठूलो सङ्ख्यामा जर्मनहरूले यसअघि नै मतदान गरिसकेका छन्।

मतसर्वेक्षणले महिनौँसम्म कहिले एक पक्षले त कहिले अर्को पक्षले जित्ने देखाइरहेका थिए। प्रारम्भिक सर्वेक्षणहरूमा त्यहाँको कन्जर्भेटिभ सीडीयू र उसको बभेरियन भातृपार्टीले अग्रता लिएका थिए।

ओलाफ सल्ट्स एउटा बिन्दुबाट ग्रीन पार्टी अगाडी आएको थियो। तर त्यसलाई ओलाफ सल्ट्सको सोशल डेमोक्याट्सले उछिन्यो। चान्सलरको प्रतिस्पर्धामा रहेका तीन उम्मेदवारमध्ये ओलाफ सल्ट्स सबभन्दा बलिया देखिएका छन्।

मर्केलको उपप्रमुख भएर काम गरेका सल्ट्सलाई प्रतिद्वन्द्वी कन्जर्भेटिभ उम्मेदवारहरूसामु आफूलाई मर्केलकै उत्तराधिकारीको निरन्तरताका रूपमा देखाउन सजिलो भएको छ। तर उनले चुनाव जितिहाले पनि उनलाई सरकार बनाउन अरू दुईवटा पार्टीको सहयोग आवश्यक देखिन्छ।

“मेरो लागि सबैभन्दा बलियो गठबन्धन मतदाताहरूसँग हुन्छ। किनभने उनीहरूले मलाई जति बलियो गरी जिताउँछन् मलाई सरकार गठन गर्न त्यति नै सहज हुन्छ,” उनले भनेका छन्। -बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’