३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वबाट आणविक हतियार उन्मूलन गर्न राष्ट्रसंघीय महासचिवको आग्रह

११ आश्विन २०७८, सोमबार ०७:१९

असोज ११, काठमाडौँ (रासस/सिन्ह्वा) |  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । उहाँले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताउनुभएको छ । 

उहाँले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो । महामसचिव गुटर्रेसले भन्नुभएको छ यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उहाँले बताउनुभएको छ । 

उहाँले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उहाँले बताउनुभयो । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको पनि उहाँले बताउनुभएको छ । त्यसैले यी सबै हतियारहरु विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’