३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुथी विद्रोही र गठबन्धन सेनाबीच भीडन्त, ६७ को मृत्यु

१२ आश्विन २०७८, मंगलवार ०८:०१

असोज १२, काठमाडौँ (एजेन्सी) । यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भीडन्त भएकाे छ। साे  भीडन्तमा परी कम्तीमा ६७ जनाको मृत्यु भएको जनाइएकाे छ ।

देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको स्रोतले जनाएको छ । मारिबमा लगातार झडप हुन थालेपछि हजारौँ स्थानीय बासिन्दा विस्थापित भएका छन् ।प्रान्तभरी रहेका शरणार्थी शिविरहरूमा २० लाखभन्दा बढी शरणार्थी रहेका छन् । ‘पछिल्लो २४ घण्टामा मारिब र शाब्वामा भएका हवाई आक्रमण तथा झडपमा परी हुथी विद्रोही र यमनी उदारवादी पक्षका गरी ६७ जनाको मृत्यु भएको छ’, सैन्य स्रोतले भनेकाे छ।

अस्पताल स्रोतले पनि ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्रोहीहरूले भने कहिले कहिले मात्रै आफ्नो तर्फको क्षति स्वीकार्ने गरेका छन् । सैन्य स्रोतले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा साउदी अरब नेतृत्वको गठवन्धन सेनाले २० हवाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’