२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्कापक्की

२०७८, १३ आश्विन बुधबार ०७:५९

असोज १३, काठमाडौं (एजेन्सी) । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ ।

 ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गरेका हुन् । दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिए भने कोनोले १७० भोट मात्र पाएका थिए । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो ।अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछन् । यसअघि तारो कोनो जापानको आगामी प्रधानमन्त्री बन्न सक्ने विभिन्न सर्वेक्षणले देखाए पनि किशिडाले बुधबारको निर्वाचनमा उनलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने