२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण काेरियासँग मेलमिलाप गर्ने किमकाे जोडदार तयारी

२०७८, १४ आश्विन बिहीबार ०९:११

असोज १४, काठमाडौँ (एजेन्सी)  । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग मेलमिलापका लागि हटलाइन सेवा बहाल गर्ने तयारीमा भएको बताएका छन्। उनले साे कुरा उत्तर कोरियाको संसदको वार्षिक सत्रका बेला बताएका हुन्।

उत्तर कोरियाले यो वर्ष अगस्टमा अमेरिकासँग दक्षिण कोरियाले सैन्य अभ्यास गरेपछि यो हटलाइन बन्द गरेको थियो । संसद सत्रका बेला किम जोङ उनले अमेरिकामाथि आरोप लगाउँदै उसले कोरियाप्रति आफ्नो ‘शत्रुतापूर्ण नीति’ परिवर्तन नगरीकनै कुराकानीको प्रस्ताव राखेको बताए ।

सरकारी समाचार संस्था केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिकाले कूटनीतिक सम्बन्धबारे कुरा गरिरहेको छ र तर यो अन्तरराष्ट्रिय समुदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने सानो कदम हो । यो अमेरिकी प्रशासनद्वारा लगातार आपनाइएको शत्रुतापूर्ण नीतिकाे विस्तार हो ।’

यद्यपि, किम जोङ उन दक्षिण कोरियासँग शान्तिको सशर्त प्रस्तावमा अघि बढेको देखिएको छ । केसीएनएको रिपोर्टमा भनिएको छ, ‘किम जोङ उनले कोरियाको दुई देश बीच हटलाइनलाई अक्टोबर अघि बहाल गर्ने इच्छा व्यक्त गरेका छन् । तर दुई देशको सम्बन्धलाई बहाल गरिने वा वर्तमान स्थितिझैं बिग्रिरहन दिने भन्ने कुरा चाहिँ दक्षिण कोरियाको अधिकारीको व्यवहारमा निर्धारण गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने