२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपराष्ट्रपतिमा उम्मेदवारी दिन्न, बरू राजनीतिबाट सन्यास लिन्छुः फिलिपिन्सका राष्ट्रपति दुतर्ते

२०७८, १७ आश्विन आईतवार ०६:०९

असोज १७, एजेन्सी। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतर्तेले आगामी वर्ष हुने निर्वाचनमा उपराष्ट्रपति पदमा प्रतिष्प्रर्धा नगर्ने बताएका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दिन भन्दा राजनीतिबाटै सन्यास लिन उपर्युक्त हुने उनले बताए । गत महिना राष्ट्रपति दुतर्तेले आगामी सन् २०२२ मा हुने निर्वाचनमा उपराष्ट्रपतिमा प्रतिष्प्रर्धा गर्न सक्ने संकेत गरेका थिए । 

आमफिलिपिनी भावना कदर गर्दै उपराष्ट्रपतिमा नउठ्ने उनले बताएका छन् । उनी फेरि राष्ट्रपतिका लागि उम्मेदवार हुन देशको संविधान बाधक छ । आफू उपराष्ट्रपतिका लागि ‘अयोग्य’ भएको उनले बताएका छन् । 

फिलिपिन्सको संविधानअनुसार  राष्ट्रपतिको कार्यकाल ६ वर्ष हुन्छ र अर्को पटक पुनः प्रतिष्प्रर्धा गर्न पाइँदैन ।   

दुतेर्तेले छोरीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आशंका पनि बढेको छ । उनकी छोरी सारा दुतेर्ते दक्षिणी सहर कारपियोको मेयर हुन् । उनले राष्ट्रपति चुनावमा उम्मेदवारी दिने संकेत गरिसकेकी छिन् । 

अपराध नियन्त्रण गर्ने र दुव्र्यसनी उन्मूलन गर्ने वाचासहित दुतर्ते सन् २०१६ मा राष्ट्रपति भएका थिए । दुव्र्यसनीबिरुद्ध युद्ध नै घोषणा गरेका दुतेर्तेले हजारौं शंकास्पदको गैरन्यायिक हत्यामा प्रहरीलाई  दुरूत्साहन गरेको आरोप लाग्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ