2026-06-30 01:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

2021-10-03

असोज १७,  एजेन्सी । भारतले आफ्नो देश भ्रमण गर्ने सवै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो ।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए । 

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको  दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ । 

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारिन्टिनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने सर्त राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ