२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन र्दुव्यवहार भएको तथ्य सार्वजनिक

२०७८, १९ आश्विन मंगलवार ११:१६

असोज १९ , काठमाडौँ (एजेन्सी)। फ्रान्सेली क्याथोलिक पादरीहरूले सन् १९५० यता झण्डै २ लाख १६ हजार बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ। एक स्वतन्त्र अनुसन्धानले ७० वर्षको अवधिमा सो संख्यामा बालबालिकाहरू पादरीहरूबाट यौन दुव्र्यवहारमा परेको तथ्य पत्ता लगाएको हो।चर्चका सामान्य सदस्यहरूले गरेको दुव्र्यवहारको घटनालाई समेत जोड्ने हो भने यो संख्या ३ लाख ३० हजारसम्म पुग्ने अध्ययनको निष्कर्ष छ।

अनुसन्धान प्रमुख जीन मार्क सौभाले यो तथ्याङ्क निकै काहलीलाग्दो रहेको बताएका छन्। फ्रेन्च चर्चहरूले अनुसन्धानको निष्कर्ष लज्जास्पद र डरलाग्दो रहेको भन्दै त्यसका लागि माफी मागेका छन्।

एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्याङ्कन गर्ने समय भएको बताएकी छन्।

यो अनुसन्धान सन् २०१८ मा फ्रेन्च क्याथोलिक चर्चद्वारा गरिएको थियो। प्रहरी, चर्चको अभिलेख, पीडितहरू र साक्षीहरूसँगको झण्डै दुई वर्षको सोधपुछपछि अनुसन्धान प्रतिवेदन तयार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार