३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा, जीवन रहेको संकेत

२४ आश्विन २०७८, आईतवार ०२:१०

असोज २४, न्युयोर्क (एजेन्सी) | अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी) ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् ।

गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल रहेको पुष्टि गरेका छन् । 

पर्सीले खिचेको तस्विरले तालनजिक पानीको बहाव कम भएको देखाएको छ । तस्विरबाट मंगल ग्रहको वातावरणमा सूक्ष्म जीवका अवशेष बाँकी रहेको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । 

पर्सीले पठाएका तस्विरले त्यहाँ भूआकार रहेको देखिए पनि मंगल ग्रहको जमिनमा नउत्रिएसम्म त्यसलाई पुष्टि गर्न नसकिने वेलायतस्थित इम्पिरियल कलेजका प्राध्यापक सञ्जीव गुप्ता बताउँछन् । 


भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको हुन सक्ने गुप्ताको अनुमान छ । पर्सी सो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा छ ।

पर्सीले पठाएको एउटा तस्विरबाट वैज्ञानिकहरू सवैभन्दा बढी उत्साहित छन् । सो तस्विरमा मंगल ग्रहको माटोमा विभिन्न तह देखिन्छ । ती तहहरू नदीले  थेग्राएको माटोबाट बनेको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’