२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा, जीवन रहेको संकेत

२०७८, २४ आश्विन आईतवार ०२:१०

असोज २४, न्युयोर्क (एजेन्सी) | अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी) ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् ।

गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल रहेको पुष्टि गरेका छन् । 

पर्सीले खिचेको तस्विरले तालनजिक पानीको बहाव कम भएको देखाएको छ । तस्विरबाट मंगल ग्रहको वातावरणमा सूक्ष्म जीवका अवशेष बाँकी रहेको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । 

पर्सीले पठाएका तस्विरले त्यहाँ भूआकार रहेको देखिए पनि मंगल ग्रहको जमिनमा नउत्रिएसम्म त्यसलाई पुष्टि गर्न नसकिने वेलायतस्थित इम्पिरियल कलेजका प्राध्यापक सञ्जीव गुप्ता बताउँछन् । 


भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको हुन सक्ने गुप्ताको अनुमान छ । पर्सी सो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा छ ।

पर्सीले पठाएको एउटा तस्विरबाट वैज्ञानिकहरू सवैभन्दा बढी उत्साहित छन् । सो तस्विरमा मंगल ग्रहको माटोमा विभिन्न तह देखिन्छ । ती तहहरू नदीले  थेग्राएको माटोबाट बनेको अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार