२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमै कम उमेरमा चान्सलर बनेका अस्ट्रियाका सेबास्टियन क्रुज भ्रष्टाचार आरोपमा राजीनामा दिँदै

२०७८, २४ आश्विन आईतवार ०४:४९

असोज २४, (एजेन्सी) | कम उमेरमा चान्सलर बनेर इतिहास रचेका अस्ट्रियाका युवा सेबास्टियन क्रुजले पदबाट राजीनामा दिने भएका छन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । युवा नेता क्रुजलाई राजीनामा दिन चौतर्फी दबाब बढेको थियो ।

देशमा थप उथलपुथल हुन नदिन आफूले पदबाट राजीनामा दिन लागेको ३५ वर्षीय चान्सलरले बताए । उनी २०२० को जनबरीमा अस्ट्रियाको चान्सलरमा निर्वाचित भएका थिए । उनी विश्वमै कम उमेरमा चान्सलर बनेका थिए । 

‘हामीलाई स्थिरता आवश्यक छ । अस्ट्रियालाई अस्थिरताको दलदलमा फसाँउनु गैरजिम्मेवार कार्य हो,’ उनले भने । विदेशमन्त्री अलेक्जेन्डर शालेनवर्गलाई नयाँ चान्सलर नियुक्त गर्ने र आफू पिपुल्स पार्टी (ओएभीपी) को नेता रहने क्रुजले बताएका छन् । 

गत शुक्रबार उपचान्सलर तथा ग्रीन नेता वेग्न कोग्नरले क्रुज पदका लागि अयोग्य भन्दै नयाँ चान्सलरका लागि नाम दिन ओएभीपीलाई अनुरोध गरेका थिए । आार्थिक अनिमितता नगरेको र आफूमाथि लागेको सबै आरोप झुट भएको क्रुजले दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने