३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

२४ आश्विन २०७८, आईतवार ०५:२७

असोज २४, काठमाडौँ | विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

आज अक्टोबर ९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

पाक किशोरी मलला युसफजाइको हत्या प्रयास

सन् २०१२ मा पाकिस्तानका तालिवानले  शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए । गम्भिर घाइते बनेकी उनको लामो समय वेलायतमा उपचार भएको थियो । सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

खमेर गणतन्त्र स्थापना

सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो । जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो । यसअघि राजकुमार नरोद्दोमको सत्तापलटमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए ।  

 वेलायतबाट युगान्डा स्वतन्त्र

सन् १९६२ मा युगान्डाले वेलायतबाट स्वतन्त्र पाएको थियो । युगान्डा सन् १८९४ देखि वेलायतको अधिनमा थियो । स्वतन्त्र युगान्डका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन् ।

 युनिर्भसल पोस्टल युनियनको स्थापना

सन् १८७४ मा राष्ट्रसंघको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो । २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि  युनियन स्थापना गर्ने बाटो खुलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’