२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

२०७८, २४ आश्विन आईतवार ०५:२७

असोज २४, काठमाडौँ | विश्वमा आजः मलला युसफजाइको हत्या प्रयासदेखि बेलायतबाट युगान्डा स्वतन्त्र

आज अक्टोबर ९ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

पाक किशोरी मलला युसफजाइको हत्या प्रयास

सन् २०१२ मा पाकिस्तानका तालिवानले  शिक्षा अभियन्ता मलला युसफजाईको हत्या प्रयास गरेका थिए । विद्यालयबाट घर फर्किने क्रममा तालिवानले उनीमाथि गोली हानेका थिए । गम्भिर घाइते बनेकी उनको लामो समय वेलायतमा उपचार भएको थियो । सन् २०१४ मा १७ वर्षको उमेरमा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् ।

खमेर गणतन्त्र स्थापना

सन् १९७० मा खमेर गणतन्त्र स्थापना भएको थियो । जनरल लन नोल र राजकुमार सिसोवाथ सिरिक मातकको नेतृत्वमा खमेर गणतन्त्र स्थापना भएको थियो । यसअघि राजकुमार नरोद्दोमको सत्तापलटमा पनि यी दुई नेताले नेतृत्व गरेका थिए ।  

 वेलायतबाट युगान्डा स्वतन्त्र

सन् १९६२ मा युगान्डाले वेलायतबाट स्वतन्त्र पाएको थियो । युगान्डा सन् १८९४ देखि वेलायतको अधिनमा थियो । स्वतन्त्र युगान्डका पहिलो प्रधानमन्त्री मिल्टन ओबोटे हुन् ।

 युनिर्भसल पोस्टल युनियनको स्थापना

सन् १८७४ मा राष्ट्रसंघको विशेष निकायको रूपमा युनिर्भसल पोस्टल युनियनको स्थापना भएको थियो । २२ देशले ट्रिटी अफ वर्नमा हस्ताक्षर गरेपछि  युनियन स्थापना गर्ने बाटो खुलेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार