२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषभन्दा नोबेल पाउने महिलाको संख्या नगण्य, अहिलेसम्म ५९ महिला पुरस्कृत

२०७८, २७ आश्विन बुधबार ०७:३५

असोज २७, ओस्लो | एजेन्सी | सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला  यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य  देखिएको हो । 

यो वर्ष पनि एक मात्र महिलाले नोबेल पुरस्कार पाएकी छिन् । अमेरिकी मूलकी फिलपिनी पत्रकार मारिया रेसा यसै साता यो पुरस्कारबाट सम्मानित भएकी थिइन् ।  नोबेल कमिटीले रुसी पत्रकार दिमित्री मुरातोभसँगै रेसालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको थियो ।

नोबेल पुरस्कार विजेतामा महिलाको संख्या थोरै हुने गरेको रोयल स्विडिश एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसन स्वीकार्छन्  । ‘नोबेल विजेतामा महिलाको संख्या न्युन हुनु दुःखद विषय हो ।’ हानसन भन्छन् । पुरस्कार कुनै लिंग वा निश्चित जातका आधारमा नभई व्यक्तिले गरेको मुल्यांकनका आधारमा दिइनु पर्ने उनको भनाई छ । 

स्वडिश उद्योगपति अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअघि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार