३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाहेक यी देशले पनि मनाउछन् दशैं

२८ आश्विन २०७८, बिहीबार ०८:०४

असोज २८, काठमाडौँ (एजेन्सी) | हिन्दुहरूको महान पर्व दशै नेपालमा मात्र नभएर अन्य केही देशमा पनि मनाइन्छ । हिन्दुहरुको बाहुल्यता भएका समुदायले नवरात्रीसम्म विभिन्न शक्ति पीठमा पूजा गर्छन् । छिमेकी मुलुक भारतका विभिन्न राज्यमा फरक फरक ढंगले दशै मनाइन्छ । भारतमा विशेषगरि नवदुर्गाको पुजा गरिन्छ । सिक्किम, दार्जलिङलगायतका नेपालभाषीको बाहुल्यता रहेको क्षेत्रमा टिका लगाइन्छ । भारतबाहेक वंगलादेश बर्मा, थाइलेन्ड, भुटान, श्रीलंका र  मलेसियामा पनि दसैं मनाइन्छ । मनाउने शैली फरक भए पनि अधिकांशले नवदुर्गाको पुजा आरधना गर्छन् । 

पश्चिम बंगालमा नवदुर्गा पूजाको आरधना गरेर मनाइन्छ । बंगालमा षष्ठीदेखि पाँच दिनसम्म यो पर्व मनाइन्छ । सप्तमी, अष्टमी र नवमीमा  दुर्गाको पूजा हुन्छ ।

आंध्र प्रदेश, तमिलनाडु र कर्नाटकमा दश दिनसम्म दसै मनाइन्छ । लक्ष्मी, सरस्वती र दुर्गाको पूजा गरिन्छ । पहिला तीन दिन धन र समृद्धिकी देवी लक्ष्मीको आरधना गरिन्छ भने दोस्रो तीन दिन विद्याकी देवी सरस्वतीको पुजा गरिन्छ र अन्तिम दिन शक्तिकी देवी दुर्गाको पुजा गरिन्छ ।

गुजरातमा दसैको अवसरमा गरबा नृत्य गरिन्छ । त्यस्तै, महाराष्ट्रमा देवीको पुजा आराधना गरेर मनाइन्छ । कश्मीरका अल्पसंख्यक हिन्दूले नवरात्रि मनाउँछन् । परिवारका सबै वयस्क नौ दिनसम्म उपवास बस्छन् । भक्तजनरू नवरात्रीभर माता भवानीको दर्शन गर्छन् । नवरात्रीमा तालको बीचमा रहेको एउटा माता भवानीको मन्दिरमा दर्शन गर्न जानेको भीड उल्लेख्य हुन्छ ।

करिब १ लाख नेपालभाषी रहेको बर्मामा पनि दसै मनाइन्छ ।  नेपालभाषीको बाहुल्यता रहेको पूर्वराजधानी सहर यांगुन, मन्डला  पिन यु एलवीन, मोगोक, तमु, कलामयो, ताउनगीमा दसैं मनाइन्छ  ।

वर्मापछि वंगलादेशमा पनि दसैं मनाइन्छ । १६ करोड जनसंख्या भएको वंगलादेशमा १४ प्रतिशत हिन्दु धर्मालम्बी छन् । हिन्दु धर्मालम्बीले नवदुर्गाको पुजा आरधना गर्छन् । वंगलादेश बस्ने नेपालीबाहेक अन्यले भने टिका लगाउँदैनन् ।

त्यस्तै बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको श्रीलंकामा पनि हिन्दुहरूले दसैं मनाउँछन् । त्यसैगरी मलेसिया, थाइलेन्ड इन्डोनेसियाका हिन्दुहरुले मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’