३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या

३० आश्विन २०७८, शनिबार ०३:१९

असोज ३०, नयाँ दिल्ली | एजेन्सी | भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । शिख समुदायमा आबद्ध निहाङ समूहका  सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन् । शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो । आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई आज नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । 

किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो । 

मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ । उनका श्रीमति र तीन छोरी छन् ।  उनको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन् । 

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उनको शरीर कुच्लिएको देख्न सकिन्छ  । उनको हात र खुट्टा काट्नुअघि उनलाई निर्मम ढंगले कुटपिट गरिएको थियो । शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उनको पाशविक हत्या गरिएको अनुमान गरिएको छ ।  यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उनको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उनले हत्यारालाई कडा कारबाही गरिने बताएका थिए । 

यसैबीच किसानहरुको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुबै जना आफ्नो संगठनमा आबद्ध नरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’