२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

२०७८, ३ कार्तिक बुधबार १५:००

कात्तिक ३, काठमाडौँ | बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ ।

काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग पुनः प्रयोग गर्न सकिने धातु रहने भएकाले त्यस्ता धातु निकाल्ने प्रविधिको योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

यो प्रविधिले विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न सहयोग पुर्‍याउने रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले बताउनुभएको छ ।

कम्पनीले सार्वजनिक गरेको योजनामा पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकालिने र त्यो सुन ९९ दशमलव ९९ प्रतिशत शुद्ध हुने उल्लेख छ । प्रविधिमा प्रयोग हुने रसायनले धातुहरूलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्न सक्ने कम्पनीले दाबी गरेको छ ।

अध्ययनकर्ताहरुले सन् २०२१ मा फ्याँकिएका विद्युतीय फोहर पाँच करोड ७० लाख टनभन्दा बढी भएको बताएका थिए । यस्ता उपकरणलाई पगालेर नभइ सामान्य तापक्रममै उपकरणबाट सुन, प्लेडियम, चाँदी र तामा निकाल्ने रोयल मिन्टको योजना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने