२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०२२ मा कोभिड महामारी कायमै रहन्छ ? यस्तो छ डब्लूएचओको प्रक्षेपण

२०७८, ४ कार्तिक बिहीबार ०२:३८

कात्तिक ४, न्युयोर्क | एजेन्सी | कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो ।

डब्लुएचओका वरिष्ठ नेता डा. ब्रुस आयलवार्डले विश्वमा सन् २०२२ मा पनि कोभिड संकट गहिरो रुपमा देखिने बताए । विकासन्मुख देशका नागरिकमा अझै पनि खोपको पहँुच नभएको र विकसित देशका कतिपय व्यक्तिले खोप लगाउन अस्विकार गरिरहेको अवस्थामा अर्को वर्ष पनि संक्रमण देखिने उनको भनाई छ । 

रसियामा आधाभन्दा बढी जनसंख्याले खोप लगाएका छैन् । अविश्वासका कारण खोप नलाउँदा त्यहाँ दैनिक संक्रमण ५० हजार भन्दा धेरै छ । बुधबार मात्र रसियामा कोभिडका कारण एक हजार १०० जनाको मृत्यु भएको थियो ।  


त्यस्तै, अफ्रिकामा कूल जनसंख्याको ५ प्रतिशत भन्दा थोरैले खोप लगाएका छन् । जबकी अन्य महादेशमा भने ४० प्रतिशतले खोप लगाएका छन् । 

विकसित देश अमेरिकामा अझै पनि करोडौंले खोप लगाएका छैनन् । खोप नलाउनेलाई विभिन्न सेवामा प्रतिबन्ध लगाउने क्यानडाले घोषणा गरिसकेको छ  । त्यस्तै, ब्राजिलका राष्ट्रपति स्वयंमले खोप लगाउन मानिरहेका छैनन् । ब्राजिलमा कोभिड संक्रमणबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेका बेला उनले कोभिडलाई सामान्य रुपमा टिप्पणी गर्दै आएका छन् । 

यसैबीच, बेलायतले बिभिन्न देशलाई  १ करोडभन्दा बढी डोज खोप दिएको छ । उसले १० करोड खोप वितरण गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने