२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

२०७८, ८ कार्तिक सोमबार ०३:५८

कात्तिक ८, खार्तुम | एजेन्सी | सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

सेना र नागरिक समूहको गठबन्धनबिरुद्ध गत महिना सेनाले सत्तापलटको असफल प्रयास गरेको थियो । अहिले राजधानी खार्तुमको टेलिफोन सेवा बन्द रहेकोले थप विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  उद्योगमन्त्री पक्राउ परेको जनाइएको छ । पक्राउअगाडि उनको घरमा सेनाले घेरा हालेको थियो । 

सेनाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका केही सरकारी अधिकारीलाई पक्राउ गरेपछि ह्यामडोकलाई नजरबन्दमा राखेको प्राप्त विवरणमा जनाइएको छ । यसअघि पूर्व शासक ओमार अल बशिरको सत्ता ढलेपछि सुडानमा राजनीतिक अस्थिरता बढेको छ । 

सत्ता गठबन्धनभित्रै खिचातानी बढिरहेका बेला सेनाले कु गर्ने तयारी गरेको बताइएको थियो । सन् २०१९ मा महिनौं लामो आन्दोलनपछि अल बशिरको सत्ता ढलेको थियो । उनको बहिर्गमनसँगै सन् २०२३ को अन्त्यसम्ममा निर्वाचन गर्ने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने