४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

८ कार्तिक २०७८, सोमबार ०३:५८

कात्तिक ८, खार्तुम | एजेन्सी | सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा राखेको विषयको स्वतन्त्र पुष्टि हुन बाँकी छ । 

सेना र नागरिक समूहको गठबन्धनबिरुद्ध गत महिना सेनाले सत्तापलटको असफल प्रयास गरेको थियो । अहिले राजधानी खार्तुमको टेलिफोन सेवा बन्द रहेकोले थप विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  उद्योगमन्त्री पक्राउ परेको जनाइएको छ । पक्राउअगाडि उनको घरमा सेनाले घेरा हालेको थियो । 

सेनाले प्रधानमन्त्रीका प्रेस सल्लाहकारलगायतका केही सरकारी अधिकारीलाई पक्राउ गरेपछि ह्यामडोकलाई नजरबन्दमा राखेको प्राप्त विवरणमा जनाइएको छ । यसअघि पूर्व शासक ओमार अल बशिरको सत्ता ढलेपछि सुडानमा राजनीतिक अस्थिरता बढेको छ । 

सत्ता गठबन्धनभित्रै खिचातानी बढिरहेका बेला सेनाले कु गर्ने तयारी गरेको बताइएको थियो । सन् २०१९ मा महिनौं लामो आन्दोलनपछि अल बशिरको सत्ता ढलेको थियो । उनको बहिर्गमनसँगै सन् २०२३ को अन्त्यसम्ममा निर्वाचन गर्ने सहमति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’