२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी युरोपमा कोभिडबाट २ करोड संक्रमितः खोप नलगाउने र पछुताउनेको जमात बढ्दो

२०७८, ९ कार्तिक मंगलवार ०२:३७

कात्तिक ९, मस्को | एजेन्सी | पूवीं यूरोपमा कोभिड संक्रमितको संख्या २ करोड नाघ्ने अनुमान गरिएको छ । युरोपेली मुलुकका देशहरुमा खोप दरमा आएको कमीसँगै पूर्वी युरोपमा संक्रमितको संख्या पनि बढेको हो ।

युरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी हंगेरीमा खोप लगाउने व्यक्तिको सख्ंया धेरै छ । हंगेरीमा ६२ प्रतिशतले पहिलो डोज लगाएका छन् । त्यस्तै, युक्रेनमा जम्मा १९ प्रतिशतले खोप लगाएका छन् । 

युरोपेली देशमा नयाँ संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । यहाँ औषतमा देनिक ८३ हजार ७०० नयाँ संक्रमित भेटिने गरेका छन् । यो संख्या गत वर्ष नोभेम्बरपछिकै ठूलो हो । 

पूर्वी युरोपको जनसंख्या विश्वको कूल जनसंख्याको ४ प्रतिशत मात्र भए पनि विश्वभर हुने संक्रमितको २० प्रतिशत संक्रमित यहाँ छन् । 

पूर्वी युरोपका तीन देशहरु रसिया, युक्रेन र रोमानियामा संक्रमितको संख्या उच्च छ । यी देशमा प्रतिबन्ध खुकुलो पारेसँगै घरभित्रका समाजिक जमघट बढ्दा संक्रमितको सख्ंया पनि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का आपतकालिन निर्देशक माइक रायनले बताए । 

संक्रमणको छाल तीब्र भइरहेका बेला पूर्वी युरोपमा खोप लगाउन अटेरी गर्ने र नलगाएकोमा पछुताउनेको जमात बढेको छ । बुलगेरियाको राजधानी सोफियामा र अन्य सहरमा सबैले खोप लगाउनुपर्ने बाध्यता बनाएपछि त्यसको चर्को बिरोध भएको छ । 

युरोपेली युनियनका तीनमध्ये एउटा देशका बासिन्दा त्यहाँको स्वास्थ्य उपचार प्रणालीप्रति विश्वास नगर्ने युरोपेली आयोगले गरेको एउटा सर्बेक्षणमा उल्लेख छ । पूर्वी युरोपमा सबैभन्दा बढी रसियामा संक्रमित देखिएका छन् । 

रसियामा हरेक पाँच मिनेटमा १२० जनामा कोरोना पोजेटिभ देखिएको छ । देशको स्वास्थ्य अवस्था लथालिंग भएको स्वास्थ्यमन्त्री मिखाईल मुरासकोले बताएका छन् । रसियामा चौथो दिन बुधबार लगातार सर्बाधिक धेरै संख्यामा संक्रमित भेटिएका थिए । 

रसियामा आधा भन्दा थोरै मानिसले खोप लगाएका छन् । खोपप्रतिको अविश्वासका कारण धेरैले खोप नलगाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने