३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न इयु अदालतको आदेश

११ कार्तिक २०७८, बिहीबार ०४:५७

कात्तिक ११, वार्सा | एजेन्सी | युरोपेली युनियन (ईयु) को एक उच्च अदालतले पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न आदेश दिएको छ । पोल्यान्डको न्यायप्रणालीप्रति असन्तुष्ट जनाउँदै  युरोपेली आयोगको अदालत इसीजेले पोल्यान्डमाथि भारी जरिवाना तोकेको हो । 

यसै वर्षको सुरुमा ईयुले पोल्यान्डलाई अदालतको विवादास्पद कक्ष खारेज गर्न आदेश दिएको थियो । पोल्यान्डले सो आदेश नमानेपछि ईयुले सो सजाय तोकेको हो । पोल्यान्ड सरकारले सजायको निन्दा गरेको छ । 

ईयुको पछिल्लो आदेशसँगै ईयुसँग पोल्यान्डको टकराब बढ्ने देखिएको छ । टकराबले युरोपेली युनियनमा पोल्यान्डको सदस्यता नै धरापमा पर्न सक्ने केहीले टिप्पणी गरेका छन् । 

युरोपेली आयोगका अध्यक्ष उर्सुला डेर लियेनले पोल्यान्डको अदालतले युरोपेली मुलुकको कानूनी प्रणालीलाई चुनौती दिएको बताए । 

आवश्यक परेको बेला न्यायाधीशलाई सजाय दिन पोल्यान्डले सन् २०१८ मा सर्बोच्च अदालतमा अनुशासन कक्ष स्थापना गरेको थियो । भ्रष्टाचारबिरुद्ध जुध्न सो कक्ष आवश्यक भएको सरकारको जिकिर छ । 

तर, स्वतन्त्रत न्यायाधीशलाई सजाय दिन कक्ष प्रयोग गरिएको आलोचकहरुले आरोप लगाउँदै आएका छन् । न्यायाधीशले हेर्ने मुद्दा रोक्ने अधिकार अनुशासन कक्षलाई दिइएको छ । 

जुलाईमा युरोपेली आयोगको अदालत इसीजेले सो कक्ष तत्काल बन्द गर्न पोल्यान्ड सरकारका नाममा एउटा आदेश दिएको थियो । 

इसीजेले आफूहरुको टाउको बन्दुक तेर्साएर अनुचित माग गरेको भन्दै पोल्यान्डका प्रधानमन्त्री मेटुज मोराविकीले देशको न्यायपालिकालाई कसरी संगठित गर्ने बारेमा इयुलाई कुनै अधिकार नभएको बताएका थिए । 

सो कक्ष खारेज गर्ने उनले बचन दिएका थिए तर कहिले खारेज गर्ने विषयमा भने मौन थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’