३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘चीनसँग २०३० सम्म १ हजार आणविक हतियार’

२१ कार्तिक २०७८, आईतवार ११:१४

कात्तिक २१, न्युयोर्क | एजेन्सी | चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो । 

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको सख्ंयालाई सन् २०३० मा १ हजार पुर्याउने प्रतिवेदनमा उल्लेख छ ।

'जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,' प्रतिवेदनमा भनिएको छ । 

पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो । 

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ । प्रतिबन्धबाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उत्तर कोरियाको एक महिनामै तीन ओटा आणविक परीक्षण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल