२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो दिन पनि सेयर मूल्यमा गिरावट हुँदा टेस्लालाई ५० अर्ब डलर नोक्सान

२०७८, २४ कार्तिक बुधबार ०४:३७

कात्तिक २४, न्युयोर्क | एजेन्सी | विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो । 

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ । सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यसअघि सन् २०१९ मा म्याकेनी स्कटसँग जेफ बेजोसको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावट आएको थियो ।

पछिल्लो समयमा टेस्लाबारे नकरात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् ।

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाताले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने