२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको इतिहाँस: लन्डनको ब्लडी सन्डेदेखि कोलम्बियामा २५ हजारको ज्यान जाने गरी ज्वालामुखी बिस्फोट

२०७८, २७ कार्तिक शनिबार ०२:०८

आज १३ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वालामुखी बिस्फोट पनि आज नै भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

पेरिसमा अतिवादी हमला

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो । एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु  भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले लिएको थियो ।

स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान  

सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो । इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए । स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो । 

२५ हजारको मृत्यु भएको ज्वालामुखी बिस्फोट

सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालाखी बिस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो । ज्वालामुखी बिस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो । आर्मेरोमा भएको सो ज्वालामुखी बिस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ । 

भेनेजुएलाका राष्ट्रपतिको हत्या 

सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो । राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले  सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए । 

लन्डनमा ब्लडी सन्डे 

सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्र रुप लिएको थियो । ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो । सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार