३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको इतिहाँस: लन्डनको ब्लडी सन्डेदेखि कोलम्बियामा २५ हजारको ज्यान जाने गरी ज्वालामुखी बिस्फोट

२७ कार्तिक २०७८, शनिबार ०२:०८

आज १३ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वालामुखी बिस्फोट पनि आज नै भएको थियो । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाः

पेरिसमा अतिवादी हमला

सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा अतिवादी हमला भएको थियो । एउटा कन्सर्टमा भएको हमलामा १३० जनाको मृत्यु  भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आइएसआइएस) ले लिएको थियो ।

स्वीडेन युरोपेली युनियनमा आबद्ध हुने पक्षमा मतदान  

सन् १९९४ मा स्वीडेनले युरोपेली युनियनमा आबद्ध हुने निस्कर्ष निकालेको थियो । इयुको सदस्य हुने वा नहुने भन्ने विषयमा १३ नोभेम्बरमा भएको जनमत संग्रहमा ५० प्रतिशले पक्षमा मतदान गरेका थिए । स्वीडेन औपचारिक रुपमा सन् १९९५ को १ जनवरीमा ईयुमा आबद्ध भएको थियो । 

२५ हजारको मृत्यु भएको ज्वालामुखी बिस्फोट

सन् १९८५ मा कोलम्बियामा भीषण ज्वालामुखी बिस्फोट भएको थियो । ज्वालाखी बिस्फोटपछि आर्मेरो सहर नै बगाएको थियो । ज्वालामुखी बिस्फोटमा कम्तिमा २५ हजारको मृत्यु भएको थियो । आर्मेरोमा भएको सो ज्वालामुखी बिस्फोट २० औं शताब्दीकै भयानक विपद् मानिएको छ । 

भेनेजुएलाका राष्ट्रपतिको हत्या 

सन् १९५० मा भेनेजुएलाका तत्कालिन राष्ट्रपति तथा सेना प्रमुखको अपहरणपछि हत्या भएको थियो । राफेन सिमन उरबिनाले नेतृत्व गरेको विद्रोहीहरुले  सेना प्रमुख कार्लोस डेलगाडोको अपहरणपछि हत्या गरेका थिए । 

लन्डनमा ब्लडी सन्डे 

सन् १८८७ मा बेलायतमा गरीब तथा बेरोजागरले गरेको एउटा प्रदर्शनले उग्र रुप लिएको थियो । ट्राफलागर स्क्वायरमा भएको सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा हिंसा मच्चिएको थियो । सन् १८८७ को १३ नोभेम्बरको आइतबार भएको सो प्रदर्शनमा ३ जना मजदुरको मृत्यु हुनुका साथै सयौं घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’