३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

माको र कोमुरोले छोडे जापान, निवासबाट विमानस्थल पुग्दा १०० पत्रकारको पिछा

२९ कार्तिक २०७८, सोमबार ०२:३६

कात्तिक २९, टोकियो | एजेन्सी | जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छिन् । माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन् । माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरुलाई छिचोलेर यो जोडी विमानस्थल पुगेको थियो । उनीहरुले सञ्चारकर्मीले सोधेर कुनै पनि प्रश्नको जबाफ दिएनन् । 

विमानस्थलमा उनीहरूलाई सुरक्षाकर्मीले कडा सुरक्षा प्रदान गरेका थिए ।

उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन् । कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन् ।

जापानी कानुनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि  गुमाउँछन् । सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ । 

विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए । अमेरिका पुगेर माकोले काम खोज्ने छिन् । न्युयोर्क राज्यको बार परीक्षामा कोमुरो फेल भएपछि यो जोडीलाई धक्का लागेको छ । अमेरिकामा कानुनी व्यावसाय गर्न कुनै पनि वकिलले राज्यले लिने बारको परीक्षा पास गर्नुपर्छ । कोमुरो हाल न्युयोर्कको एउटा फर्मका कानुनी कारिन्दा हुन् । 


माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ । उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ ।

राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए । 

चार वर्षअघि इन्गेजमेन्ट गरेपछि यो जोडी विवादमा तानिएको थियो । उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो । कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो । सोही कारण माकोसँगको विवाह  चार वर्ष धकेलिएको थियो ।

प्रेम सम्बन्धबारे विभिन्न सञ्चार माध्यमहरुमा नकरात्मक समाचार सार्वजनिक भएपछि माको डिप्रेसनमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’