२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

के हो रसियाले भारतलाई दिएको आणविक उर्जायुक्त एस–४०० हतियार प्रणाली ?

२०७८, २ मंसिर बिहीबार १३:४१

मङ्सिर १, नयाँ दिल्ली (एजेन्सी) | रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ । भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो । यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँदै भारततर्फ आउँदैछन् । 

हतियार प्रणालीलाई  सन् २०२२ को अप्रिल महिनासम्ममा चीन र पाकिस्तानसँगको सीमामा राखिने भारतको तयारी छ । रणनीतिक महत्वको पश्चिमी क्षेत्रबाट सो प्रणालीले चीन र पाकिस्तानको सम्भावित जोखिमलाई निस्तेज पार्ने विज्ञहरुले बताएका छन् ।

‘रसियाले एस ४०० वायु रक्षा प्रणाली भारतलाई प्रदान गरेको छ । पहिलो इकाई छिट्टै नयाँ दिल्ली पुग्नेछ । ’  रसियाको फेडरल सर्भिस फर मिलटरी टेक्निकल कोअपरेसन (एफएसएमटीसी) का निर्देशक दिमित्रे शुगेभले भने । एफएसएमटीसीलाई रसिया महासंघले व्यबस्थापन गर्छ ।

यही ६ डिसेम्बरमा आयोजना हुने बार्षिक भारत– रसिया सम्मेलनका लागि पुटिन नयाँ दिल्ली आउँदैछन् । एक दिवसीय भ्रमणका अवसरमा भारत र रसियाबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछन् ।

पुटिनले बार्षिक सम्मेलनका अवसरमा सन् २०१८ मा भारतको भ्रमण गरेका थिए । सो भ्रमणका अवसरमा एस– ४०० प्रणाली सम्झौताबारे दुई देशबीच हस्ताक्षर भएको थियो । मस्को नयाँ दिल्लीको ठूलो रक्षा साझेदार देश हो ।

के हो एस– ४०० प्रणाली ?

यो सन् १९९० को मध्यतिर रसियाको आल्माज सेन्ट्रल डिजाइन ब्युरो फर मारिन इन्जिनियरिङले विकसित गरेको जमीनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली हो । एस–४०० मा ८ देखि १० ओटासम्म लन्चर र आवश्यकताअनुसार क्षेप्यास्त्र जडान गरिएका हुन्छन् ।

यसले शत्रुको लडाकु विमान, ब्यालिस्टिक मिसाईल र क्रुजजस्ता क्षेप्यास्त्रलाई टाढाबाट ध्वस्त पार्न सक्छ । ४०० किलोमिटर टाढाबाट मार हान्न सक्ने भएकोले यसलाई एस–४०० नाम दिइएको हो । 

यसले एकैपटकमा ३६ वटा क्षेत्रमा निशान बनाउन सक्छ । शत्रुले आकाशमा प्रहार गरेको क्षेप्यास्त्रलाई पहिचान गर्न सक्नु यो प्रणालीको मुख्य विशेषता हो । रसियाले यो प्रणाली अमेरिकी लडाकु विमान र  क्षेप्यास्त्रहरूलाई पत्ता लगाएर ध्वस्त पार्न बनाएको हो । त्यही भएर अहिले भारतसँग अमेरिका चिढिएको छ ।

यो प्रणालीले एशियामा नै भारतलाई रक्षाका दृष्टिले बलियो बनाउने विज्ञहरुको भनाई छ । 

एस–४०० हतियार प्रणाली चीनसँग पनि छ ।  चीनले तिब्बत नजिकै पर्ने सिचुआन प्रान्तको एउटा हवाई आधारमा यो प्रणाली तैथान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने