३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः चीन र भारतबीचको युद्ध अन्त्यदेखि आयरल्यान्डको ब्लडी सन्डे

५ मंसिर २०७८, आईतवार ०३:०२

आज २१ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटनाः

पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला

सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो । मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फोटको घटनामा अमेरिकासमेत संलग्न रहेको आरोप लगाउँदै समूहले अमेरिकी दूतावासमा हमला गरेको हो । आगलागीबाट दूतावास भवनमा क्षति पुगेको थियो ।

संसारको लमो सस्पेन्सन ब्रिज

सन् १९६४ मा संसारकै लामो सस्पेन्सन ब्रिज सर्वसाधारणका लागि खुला गरिएको थियो । न्युयोर्कको ब्रुकलाईन र स्टेटन टापु जोड्ने सो पुल विश्वकै पहिलो लामो सस्पेन्सन ब्रिज हो । सन् १९८१ मा बेलायतमा निर्माण भएको सस्पेन्सन पुलले अमेरिकाको रेकर्ड तोडेको थियो ।

चीन र भारतबीचको युद्ध अन्त्य


सीमा विवादलाई लिएर एसियाका शक्तिशाली दुई देश भारत र चीनले बारम्बार युद्ध गरेका छन् । त्यस्तै युद्ध सन् १९६२ मा भएको थियो । सीमा विवादलाई लिएर भएको सो युद्ध एक महिनापछि अर्थात आजकै दिन समाप्त भएको थियो । चीनले एक पक्षीय ढंगले युद्धबिराम घोषणा गरेपछि एक महिना लामो युद्ध समाप्त भएको थियो ।

आयरल्यान्डको ब्लडी सन्डे

सन् १९२० मा आयरल्यान्डको स्वतन्त्र युद्धको समयमा एउटा दुःखद घटना भएको थियो, जुन अहिले पनि इतिहासमा सम्झिइन्छ। ब्रिटीश सरकार र आयरल्यान्डीच भएको युद्धको क्रममा सन् १९२० को २१ अक्टोबरको आइतबार मिसेल कोलिन्स नेतृत्वको आईरिस रिपब्लिक आर्मी (आइआरए) ले ३० ब्रिटीश नागरिकको हत्या गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’