८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवादित सीमा क्षेत्रमा दुई देशका सेनाबीच भीडन्त

१२ मंसिर २०७८, आईतवार ०८:३१

मंसिर १२, काठमाडौं, एजेन्सी | सुडान र इथोपियाका सेनाबीच विवादित सीमा क्षेत्रमा भीडन्त भएको छ । दुबै मुलुकको सीमाना जोडिएको अल फशाकामा इथोपियाली सेनाको आक्रमणमा परी आफ्ना कैयौं सैनिक मारिएको सुडानी सेनाले बताएको छ ।

सुडानी सेनाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमण विफल पारिएको र इथोपियातर्फ समेत ठूलो मानवीय एवं भौतिक क्षति भएको उल्लेख छ । ‘बालीनालीको सुरक्षाका लागि अल फशाकामा तैनाथ हाम्रो फौजमाथि किसानलाई धम्क्याउँदै बालीनाली नष्ट गर्न खोजेका इथोपियाली सेना र मिलिसियाले आक्रमण गरेका थिए’,विज्ञप्तिमा भनिएको छ।

सेनाको विज्ञप्तिमा सुडानी सेनातर्फ ‘कैयौं मारिएको’ उल्लेख गरिए पनि ज्यान गुमाउनेको संख्या उल्लेख गरिएको छैन । तर रोइटर्स समाचार माध्यमले सैनिक स्रोतलाई उदृत गर्दै आक्रमणमा परी कम्तिमा ६ जना सुडानी सेना मारिएको जनाएको छ।

विवादित बन्दै आएको अल फशाका क्षेत्रमा लामो समयदेखि इथोपियाका किसानले खेतीपाती गर्दै आएका छन् । तर सुडानले उक्त क्षेत्र आफ्नो भन्दै दाबी गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने