३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहासमा आजः प्यालेस्टाइनमा गृहयुद्धदेखि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको त्यो

१४ मंसिर २०७८, मंगलवार ०६:५५

मंसिर १४, काठमाडौँ | आज ३० नोभेम्बर विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

 प्यालेस्टाइनमा गृहयुद्ध

सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो । नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए । दुई ओटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा ग¥यो । युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो ।

शीतयुद्ध सुरु

सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो । मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो । आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो ।

 पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो । खेल बराबरीमा समाप्त भएको थियो । 

माइकल ज्याक्सनको रेकड

सन् १९८२ मा माइकल ज्याक्सनको गीतहरुको एलबम थ्रीलर विश्वव्यापी सार्वजनिक भएको थियो । सर्वाधिक बिक्री भएको भनिएको सो एलबमको नौ ओटा ट्र्याक छन् । एलबमले ८ ओटा ग्र्यामी अवार्ड जितेको छ । सन् १९८४ मा वर्षको सर्वाधिक लोकप्रिय एलबम बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’