३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमै याैन हिंसा व्याप्त, मन्त्रालयभित्रै कर्मचारी बलात्कृत

१४ मंसिर २०७८, मंगलवार ०९:५६

एजेन्सी | अष्ट्रेलियाको संघीय संसदमा यौन हिंसा व्याप्त बनेको छ । हालै सार्वजनिक एक रिपोर्टले संसदमा महिलामाथि हुने यौन हिंसा व्याप्त बनेको देखाएको हो ।

‘सेट दी स्ट्यान्डर्ड’ शीर्षकमा मंगलबार छापिएको करिब ४५६ लामो रिपोर्टले संसदका एक तिहाई महिला यौनजन्य हिंसामा पर्ने गरेको देखाएको हो । संसदभित्रका करिब ६३ प्रतिशत महिला कर्मचारीले बुलिङ, यौनजन्य हिंसा र यौन दुराचारको हिंसा खेप्नु परेको रिपोर्टमा उल्लेख छ । तुलनात्मकरुपमा संसदभित्र हुने महिला कर्मचारीको संख्याभन्दा बढि हिंसा भएको रिपोर्टले जनाएको छ ।

संसदकी पूर्वकर्मचारी ब्रिट्नि हिगिन्सले यस वर्षको सुरुवातमा आफू मन्त्रालयकै सहकर्मीबाट बलात्कृत भएको बताएपछि सो अध्ययन प्रतिवेदन अघि बढेको थियो । उनले दिएको उजुरीपछि संसदभित्रै यौनजन्य हिंसा भएको सम्बन्धमा अन्य कर्मचारीहरुले दिएको आरोप व्यापक बनेको थियो ।

सो हिंसामा परेका पीडित महिलाको अवस्था असामान्य रहेको अष्टेलियाकी यौन दुराचार आयुक्त केट जेन्किन्सले बताएकी छन् । ‘संसदभित्रै भोग्नुपरेको त्यस्तोखाले हिंसाले उनीहरुको टिम र आन्तरिक रुपमा दरार पैदा गरेको छ ।

‘सो हिंसा हाम्रो राष्ट्रको हितविपरित छ,’ केटले भनेकी छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नयाँ रिपोर्टले निकै भयानक तथ्य सार्वजनिक गरेको बताएका छन् । यसअघि संसदका महिलामाथि असमान असर पर्ने काम गरेको भन्दै प्रधानमन्त्री मोरिसनमाथि ‘लठेग्रो र बहिरो’को आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’