३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन

१७ मंसिर २०७८, शुक्रबार ०४:३८

मंसिर १७, वर्लिन, एजेन्सी | जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । नयाँ  नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ ।  त्यस्तै, संसदबाट कानुन बनाएर नै खाेपलाई अनिवार्य बनाइने भएकाे छ । 

सरकारकाे घाेषाणासँगै खाेप नलगाएका व्यक्तिले अर्काे घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी काेभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शककाे संख्या सीमित गरिने छ । 

काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन फैलिएसँगै युराेप फेरि काेभिडकाे नयाँ केन्द्रविन्दु बन्न थालेकाे छ । युराेपका अधिकांश देशहरुले नयाँ भेरियन्ट राेक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । 

'हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । काेभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई अ‌ाह्वान गर्छु', जर्मन चान्सलर ए‌ंगिला मर्केलले भनिन् । जर्मनमा काेभिडकाे चाैथाे लहर अ‌ाउने अनुमान गरिएकाे छ । 'जर्मनीलाई काेभिडकाे चाैथाे लहरबाट जाेगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,' उनले भनिन् । 

सरकारले अ‌ागामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खाेप अभियान सञ्चालन गर्ने भएकाे छ । अन्तिम पटक खाेप लगाएकाे नाै महिनापछि खाेप लगाएका व्यक्तिकाे पहिचान हराउने भएकाेले उनीहरुलाई बुस्टर डाेज आवश्यक भएकाे चान्सलर मर्केलले बताइन् । 

युराेपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खाेप अनिवार्य गरिएकाे छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डाेज अनिवार्य गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’